ग्रीन पार्क चितवनको १२औँ वार्षिकोत्सवको अवसरमा सेप्टेम्बर महिनाभर विशेष छुट


टुरिजम पाना संवाददाता चितवन । १९ भाद्र २०८२

ग्रीन पार्क चितवनले आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा विशेष छुट योजना घोषणा गरेको छ। यस अवसरमा सबै नेपाली नागरिकले यो सेप्टेम्बर महिनाभरि १२ प्रतिशत छुट पाउनेछन्। अफर अन्तर्गत बड एन्ड ब्रेकफास्ट, लन्च र डिनर, पेय पदार्थ तथा जंगल गतिविधिहरूमा छुट उपलब्ध हुने बताइएको छ।

ग्राहकहरूले छुट योजना बीबी, एमएपी र एपी योजना आधारमा मात्र प्राप्त गर्न सक्नेछन् र कोठा उपलब्धतामा आधारित हुने बताइएको छ। यो अफर केवल उल्लेखित सेवाहरूमा लागू हुने र ३० सेप्टेम्बर सम्म मान्य हुने बताइएको छ।

ग्रीन पार्क चितवनले यस अवसरमा सबैलाई स्वागत गर्दै चितवनको अनुभव अविस्मरणीय बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।

१९ भाद्र २०८२