कृत्रिम खुट्टाकै साहरामा हरि बुढामगरले गरे सगरमाथाको सफल आरोहण


टुरिजम पाना संवाददाता काठमाडौं । ६ जेष्ठ २०८०
Hari budha magar

शारीरिकरुपमा अशक्त रोल्पाका हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पूर्वगोरखा सैनिकसमेत रहेका उनले शुक्रबार  (५ जेठ) सगरमाथाको सफल आरोहण गरेका हुन् ।

दुबै खुट्टा नभएका बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गरेका हुन् ।

सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाएका थिए ।

बुढामगरले मोन्ट ब्लाङ (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसकेका छन् ।

कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन्।

६ जेष्ठ २०८०