नागरिक उड्डयन प्राधिकरणले दुई वटा हेलिकप्टर कम्पनीको अनमुतिपत्र (एओसी)निलम्बन गर्ने तयारी गरेको छ।
सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर(सेफ्टी म्यानेजमेन्ट सिस्टम) निकै कम भएका कारण प्राधिकरणले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउँदै एओसी निलम्बनको तयारी गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
एसएमएस अडिटमा देखिएको कमजोरीलाई हटाउन प्राधिकरणले दुबै हेलिकप्टर कम्पनीलाई ७२ घन्टाभित्र सफाइ पेस गर्न पत्र पठाएका छ । यसरी कमजाेरी कार्यन्वयनमा स्वरुप उक्त्त दुबै हेलिकप्टर तीनदिन भित्र एक्सन प्लान बुझाएमा निलम्बन फूकुवा गरिने समेत बताएकाे छ ।
प्राधिकरणले सबै वायुसेवा कम्पनीको सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर कार्यान्वयनकाे अवस्थाकाे विषयमा अडिट गरिरहेकाे बताउँदै उनले तोकेकोभन्दा कम दर हुने जहाजलाई उडानमै प्रतिबन्ध लगाउने उनले बताएका छन् ।
प्राधिकरणले सबै एयरलाइन्स सहितको आइकाओको सेफ्टी रणनीतिअनुसार नेपालमा ‘एसएमएस’ परिपालनाको न्यूनतम दर ६० प्रतिशत कायम गर्ने निर्णय गरेको उनले बताए।
प्राधिकरणले ६० देखि ७५ प्रतिशत परिपालना दर भएका एयरलाइन्सलाई उडान विस्तारको अनुमति नदिने, स्वीकृत उडानको ५० प्रतिशतभन्दा बढी अनुमति नदिने, नयाँ जहाज खरिदको अनुमति नदिने लगायतकाे निर्णय गरेको छ।