दार्चुलाको हिउँ पहिरोमा फसेका १२ मध्ये ७ जना सम्पर्कमा


दार्चुलाको ब्यासमा हिमपहिरोमा फसेका १२ जना मध्ये ७ जना सशस्त्र प्रहरीको सम्पर्कमा आएका छन् ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले हिउँपहिरोमा परेका १२ मध्ये ४ महिला र १ पुरुष गरि ५ जना अझै बेपत्ता भएको जानकारी दिए ।

उनले सात जना भने सम्पर्कमा आएको बताए ।

मौसम खराब भएका कारण बेपत्ताको खोजीमा कठिनाइ भएको प्रहरीले जनाएको छ । मौसम खुल्ने बित्तिक्कै बेपत्ताको खोजी कार्य चल्ने डिएसपी थापाले बताए ।

 

१९ बैशाख २०८०