हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनको दोस्रो वार्षिकोत्सव सम्पन्न


टुरिजम पाना काठमाडाैँ । ७ आश्विन २०८१
hospitality sales and marketing association

हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालले आफ्नो दोस्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । शुक्रबार चित्लाङ रिजोर्टमा ‘सेल्स रिट्रीट’ नामक दुई दिने कार्यक्रमको आयोजना गर्दै औपचारिक रूपमा दोस्रो वार्षिकोत्सव सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा देशभरका होटेल उद्योगका सेल्स एण्ड मार्केटिङ विभागका ६० जनाभन्दा बढी प्रमुख प्रतिनिधिहरूको सहभागिता रहेको थियो । भने काठमाडौं, पोखरा, चितवन र भैरहवाका प्रमुख होटल तथा रिसोर्टका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो  ।  हस्पिटालिटी विजनेश (आतिथ्य उद्योग) को विकास र सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा प्याराडाइज इन, होटल याक एन्ड यति, दि एभरेस्ट होटल, होलिडे इन एक्सप्रेस, टाइगर टप्स, होटल नमस्कार, बेस्ट वेस्टर्न प्लस, र केजिएच ग्रुपका सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरू उपस्थित थिए ।

यस्तै, पोखराबाट होटल माउन्ट कैलाश, होटेल निवास, मजेरी रिसोर्ट एन्ड स्पा, होटल सरोवर, मुनलाइट होटल, कुटी रिसोर्ट र होटल निर्वाण भैरहवाका प्रतिनिधिहरू उपस्थित थिए । कार्यक्रममा नेपाली घर ठमेल, होटल ट्राभल इन, होटल हिमालयन भिल्ला नागारकोट, होटल राईन, एपेक्स बिजनेस होटल, र होटल गोल्डेन टेम्पल इन लगायतका प्रतिष्ठित होटलका प्रतिनिधिहरूले समेत भाग लिएका थिए ।

कार्यक्रम व्यवस्थापक एवं एसोसियनका संयोजक दीपक पोख्रेलले यस कार्यक्रमले नेपाली आतिथ्य उद्योगमा सहकार्यको महत्वलाई उजागर गर्दै व्यापारिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका निभाएको बताए । ‘यस कार्यक्रम मार्फत हामीले एसोसिएसनका सदस्यहरूबीच सशक्त सम्बन्ध निर्माण गर्दै मार्केटिङ, जनसम्पर्क, र सञ्चार रणनीतिहरूको विकासमा विशेष ध्यान दिएका छौँ । कार्यक्रमको प्रमुख आकर्षण भनेको नयाँ र पुराना सदस्यहरूको भेटघाट तथा भविष्यका सहकार्यका अवसरहरूको बारेमा व्यापक छलफल गर्नु हो । आगामी कार्यक्रममा चितवनमा थप प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना बनाएका छौँ,’ उनले भने ।

नेपालको होटेल उद्योग र पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको एसोसिएसन नेपालभरका फाइव स्टारदेखि नन–स्टार होटेलहरूका सेल्स एण्ड मार्केटिङ प्रतिनिधिहरूको छाता संगठनको रूपमा स्थापित रहेको छ । भने यस अन्तर्गत दुई सयभन्दा बढी सदस्यहरू रहेका छन् ।

७ आश्विन २०८१