न्यू इयर इभमा होटल म्याजेस्टिकको प्याकेज, लाइभ म्युजिकको साथमा ‘अनलिमिटेड’ अल्कोहल


टुरिजम पाना काठमाडौं । ११ पुष २०७९

न्यू इयरको असरमा होटल म्याजेस्टिक एण्ड स्पाले डिनर प्याकेज र ओभरनाइट प्याकेजको घोषणा गरेको छ ।

राजधानीको पर्यटकीय गन्तब्यमध्येको एक ठमेलमा रहेको होटल म्याजेस्टिक एण्ड स्पाले सस्तो मूल्यमा डिनर र ओभर नाइट प्याकेज घोषणा गरेको हो । न्यू इयर २०२३ पूर्वसन्ध्यामा ३१ डिसेम्बर (इभ) को अवसर पारेर लाइभ म्युजिक सँगै पर्यटकलाई इन्जोय दिनका लागि यस्तो प्याकेज घोषणा गरिएको होटलकी सेल्स म्यानेजर मेलिना राईले बताईन् ।

उनका अनुसार न्यू इयर इभको दिन डिनर प्याकेज अन्तर्गत लाइभ बिबिक्यू, अनलिमिटेड अल्कोहल, वफेट बेक्रफास्ट र अनलिमिटेड वफेट डिनरको स्वाद लिदैं लाइभ म्युजिकमा झुम्न पाउने छन् । यसका लागि २ हजार २३ रुपैयाँको प्याकेज बनाईएको छ ।

यस्तै ओभरनाइट प्याकेजका लागि एक रातको बसाई र डिनर प्याकेज सहित एक जनाका लागि ६५ सय र दुइजनाका लागि ९ हजार ५ सय तोकिएको छ । यो डिनर प्याकेज ३१ डिसेम्बर ६ बजेदेखि शुरु भएर एक देखि दुई घण्टासम्मको समय तोकिने होटल प्रशासनले जनाएको छ ।

११ पुष २०७९