तनहुँकाे भानुमा खुल्याे ग्रिनहिल भिलेज हाेमस्टे, कोदोको सेलरोटी र गुन्द्रुकको अचार बिशेष


टुरिजम पाना काठमाडौं । १० पुष २०७९

तनहुँकाे भानु नगरपालिका वडा नं ९ चितिखाेलामा ग्रिनहिल भिलेज सामुदायिक हाेमस्टेकाे उद्घाटन भएकाे छ ।

ग्रामीण पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएकाे हाेमस्टेकाे भानु नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठीले उद्घाटन गरे ।

कार्यक्रममा कमेडी क्लब विथ च्याम्पियनकाे समूहका म्यानेजिङ डिरेक्टर विशाल भण्डारीसहित कमेडियनहरू मेक्सम गाैडेल, कैलाश कार्की, पुजन अधिकारी, सुमन काेइराला, सजन श्रेष्ठ, विक्की अग्रवाल सहभागी थिए ।

यस्तै कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, उपमेयर उमा गाेतामे लगायतकाे सहभागीता रहेकाे थियाे ।

२१ वटा हाेमस्टे भएकाे ग्रिन हिल सामुदायिक हाेमस्टेमा एकपटकमा ३५ देखि ४० जना पाहुनाहरू बस्न सक्ने क्षमता छ । हाेमस्टेमा स्थानीय खानाहरू लाेकल कुखुराकाे मासु, फापरकाे राेटी, काेदाेकाे सेलराेटी, गुन्द्रुक भटमासकाे अचार, तरूलकाे खिरजस्ता खानेकुराहरू पाइन्छ ।

हाेमस्टेमा एक रात बास बसेकाे, एक छाक सादा खाना र खाजाकाे मूल्य ८५० रूपैयाँ लिइन्छ भने कुखुराकाे मासु खानेले १०५० रूपैयाँ तिर्नुपर्ने हाेमस्टे सञ्चालक गिता अधिकारीले जानकारी दिइन् ।

काठमाडौँबाट १३३ किलोमीटर, पोखराबाट ६७ किलोमीटर र चितवनबाट ६५ किलोमीटर यात्रा गरेपछि पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रे बजार पुगिन्छ ।

डुम्रेबाट भानु राजमार्ग (डुम्रे – बेसिसहर) सडकखण्डमा २० किलोमीटर अगाडि गएपछि अर्चलधारा आउँछ । धारामा चिसो पानी खाएर देब्रे तर्फ करिब १ किलोमीटर उक्लिएपछी होमस्टे पुगिन्छ ।

१० पुष २०७९