बर पिपल रिसोर्टमा न्युइयरको विशेष कार्यक्रम हुने


टुरिजम पाना पोखरा । १० पुष २०७९

पोखराको लेकसाइडमा रहेको बर पिपल रिसोर्टले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ ‘न्यू इयर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

न्यू इयर इभ अर्थात ३१ डिसेम्बरमा लाइभ म्यूजिक विद गाला डिनर कार्यक्रम आयोजना गर्न लागिएको रिसोर्टले जनाएको छ ।

३१ डिसेम्बर साँझदेखि शुरु हुने कार्यक्रममा डिजे मेख गुरुङ्ग, भ्वाइस अफ नेपालबाट चर्चामा रहेका गायिका रजनी राई र पोखरेलीमाझ लोकप्रिय गायक रामभक्त जोजिजुको सांगेतिक प्रस्तुती रहने प्रबन्ध निर्देशक जितु गुरुङ्गले बताए ।

उक्त कार्यक्रमका लागि रिसोर्टले खानाका विशेष परिकारहरुको छुट्टै मेनु समेत तयार पारेको छ ।

१० पुष २०७९