इन्द्रचोकमा यसरी मनाइयो भैरवाष्टमी (तस्वीरहरू)


टुरिजम पाना संवाददाता काठमाडौँ । ९ मंसिर २०८१

काठमाडौँको इन्द्रचोकमा भैरवाष्टमी मनाइएको छ। शनिबार इन्द्रचोकमा भैरवाष्टमी मनाइएको हो ।

देव अष्टमी तथा शुद्ध अष्टमीको नामले पनि चिनिने भैरवाष्टमीलाई भैरव सर्वप्रथम उत्पन्न भएको तिथिको रुपमा लिइन्छ।

शिवको क्रोध अग्निबाट आजकै तिथिमा पहिलो पटक भैरव रुप उत्पन्न भएको मानिन्छ। हरेक वर्ष मार्ग कृष्ण अष्टमी (कछलागा अष्टमी) तिथिलाई भैरवाष्टमीको रुपमा लिइन्छ।

हेर्नुहोस् तस्वीरहरू

९ मंसिर २०८१