यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ


टुरिजम पाना काठमाडौँ । ८ माघ २०८१

प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इन्ड्राइभका एक जना चालकलाई मङ्गलबार पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनले भने “इन्ड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।”

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए । रासस

 

 

८ माघ २०८१