पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ‘ओभर स्पीड’मा जीप सफारी गराउने चालकहरूलाई कारबाही सुरू गरेको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले निकुञ्जको जंगल क्षेत्रमा ओभर स्पीडमा जीप सफारी गराउने चालक तथा जीप सञ्चालकहरूलाई कारबाही गर्न थालिएको जानकारी दिए ।
केही दिन अघि मात्रै सौराहाको मध्यवर्ती क्षेत्रमा पर्ने कुमरोज सामुदायिक वनमा ‘ओभर स्पीड’ मा जीप सफारी भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । ती जीप सञ्चालक तथा चालक दुवैलाई निकुञ्जमा हाजिर गराएर सचेत गराइएको उनले जानकारी दिए ।
‘उहाँहरूले नियम उल्लंघन गरेर जीप सफारी गराएको पायौं । त्यसपछि सचेत पनि गराइसकेकका छौं भने थप अनुसन्धान पनि भइरहेको छ,’ सूचना अधिकारी तिवारीले भने ।
उनका अनुसार नियम उल्लंघन गरी जीप सफारी गराउनेलाई के कारबाही गर्ने भन्ने यकिन व्यवस्था छैन । तर अवस्था हेरेर सचेत गराउनेदेखि वनमा जीप सफारीको इजाजत नै बन्द गरिदिनेसम्मको कारबाही गर्न सकिने उनले बताए ।
जीप सफारीका क्रममा जंगलभित्र २० किलोमिटर प्रतिघण्टाको दरले गति सीमित गरिएको छ । जीप सफारीको उद्देश्य छिटो जीपमा घुम्ने भन्दा पनि जंगलभित्रको अवलोकन जीपमार्फत गर्दै घुम्ने भएकाले ओभरस्पीडले त्यसको मज्जा नदिने समेत उनले बताए ।
उनले ओभरस्पीडमा जीप चलाउँदा जंगलभित्र दुर्घटनाको जोखिम समेत हुने तथा जंगली जनावरहरू भड्किने भएकाले यसतर्फ सञ्चालक र जीप चालक सचेत हुनुपर्ने बताए ।
पछिल्लो समय कुमरोज सामुदायिक वनमा जीप सञ्चालकहरूले मनपरी ढंगले जीप सञ्चालन गर्दै आएको वनका कर्मचारीहरूको समेत गुनासो छ ।
यता सौराहा हात्ती तथा जीप बुकिङ सेन्टरका सञ्चालक राममणि खनालले दशैंमा मुभमेन्ट गरेको र पर्यटकले पनि रमाइलो मान्दै स्पीड गर्न लगाएको जानकारीमा आएको बताए । उनले भने,’जनगुनासो आउनु स्वभाविक हो तर पर्यटकहरूले पनि स्पीड गराउन दवाव दिनुभएन ।’
यता होटल संघ चितवनका पूर्व अध्यक्ष सुमन घिमिरे दिनमा कति वटा जीप जंगलभित्र जान पाउने भन्नेबारे निश्चित मापदण्ड बनाए समस्या समाधान हुने बताउँछन् ।
‘सामुदायिक वनमा दिनमा एउटा गाडी कति पटक प्रवेश गर्न पाउने ? कति संख्यामा गाडीलाई प्रवेश दिने भन्नेबारे नियमन गरेमा तीव्र गतिमा जाने समस्या कम हुन्छ,’ उनले भने । उनले निकुञ्जले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ ।
सामुदायिक वनमा दिनमा एउटा गाडी कति पटक प्रवेश गर्न पाउने ? कति संख्यामा गाडीलाई प्रवेश दिने भन्नेबारे नियमन गरेमा तीव्र गतिमा जाने समस्या कम हुने बताए ।
उनले निकुञ्जले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ । पूर्व अध्यक्ष होटल संघ नेपाल चितवन सु
उनले चालकले मापदण्डविपरित जीप सफारी गराएको महशुस भएको भन्दै अब त्यस्तो हुन नदिन सचेत समेत गराइएको जानकारी दिए ।
पछिल्लो समय सौराहा क्षेत्रमा हुने जीप सफारीका क्रममा ड्रेस कोड लगायतका मापदण्ड पालना नगरेको समेत गुनासो आउने गरेको छ । यसतर्फ पनि पछिल्लो दिनमा निकुञ्जले ध्यानाकर्षण गर्दै आएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । उनले भने,’अहिले हामी निगरानी वा छड्के अनुगमनमा जाने गरेका छौं । अब विस्तारै जीप सफारी व्यवस्थित हुन्छ भन्ने विश्वास छ ।’