कैलाश हेलिकप्टरले राज्यको विपत् कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीका प्रबन्ध सञ्चालक प्रताप जंग पाण्डेका अनुसार कठिन परिस्थितिमा राज्यलाई सहयोग गर्ने र साथ दिने उद्देश्यले यो सहयोग गर्ने घोषणा गरिएको हो।
जाजरकोटमा गएको भूकम्पका कारण पीडित भएकाहरूको सहयोगार्थ नागरिक उड्ययन प्राधिकरणले सहयोगको आह्वान गरेको थियो ।
जसमा बुद्ध एयरले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।
यस्तै अन्य कम्पनी तथा संस्थाहरूबाट पनि सहयोग जारी रहेको छ।