कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् ।
सगरमाथा आधारशिविरस्थित पर्यटन विभागका अनुसार उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।
वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन् ।
सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् ।