बुद्धनिलकण्ठ हेरिटेजबाट प्रवर्द्धित होटल लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले नयाँ सञ्चालक समिति गठन गर्दै पूँजी वृद्धि तथा सार्वजनिक निष्कासन (IPO) सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ।
नवगठित सञ्चालक समितिको अध्यक्षमा अम्बिका पौडेल चयन भएकी छन्। त्यसैगरी शिवनाथ पाण्डे, नवराज बुलाकोटी, बाबुकाजी कार्की र सिर्जना केसि अन्य सञ्चालक पदमा निर्वाचित भएका छन्। नयाँ नेतृत्वले होटलको सेवा विस्तार, व्यवस्थापन सुदृढीकरण र गुणस्तर अभिवृद्धिमा थप ऊर्जा दिने अपेक्षा व्यक्त गरिएको छ।
सभाले कम्पनीका शेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने र सर्वसाधारणका लागि २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) ल्याउने निर्णय पनि सर्वसम्मत पारित गरेको छ। कम्पनीले यी निर्णयहरू कार्यान्वयनका लागि आवश्यक नियामक स्वीकृति लिने प्रक्रिया सुरु गरिसकेको जनाएको छ।
बुद्धनिलकण्ठ क्षेत्रको पर्यटन सम्भावनालाई ध्यानमा राख्दै लेमन ट्री प्रिमियरले सेवा स्तरलाई अझै उच्च बनाउने योजना अघि सारेको छ। साधारणसभामा उपस्थित शेयरधनीहरूले नयाँ नेतृत्व र पूँजी विस्तार योजनाप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए








