अर्किड र माउन्टेन ग्लोरी गाभिए, ‘अर्किड ग्लोरी’ नामबाट एकीकृत कारोबार सुरु


टुरिजम पाना काठमाडौं । १७ बैशाख २०८३

राजधानीस्थित अर्किड होल्डिङ लिमिटेड र पोखराको माउन्टेन ग्लोरी लिमिटेड एकआपसमा गाभिएपछि नयाँ कम्पनी ‘अर्किड ग्लोरी लिमिटेड’को नामबाट शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको छ ।

दुवै कम्पनीका विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेपछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भई एकीकृत सञ्चालनमा आएका हुन् । मर्जरपछि दुवै कम्पनीका सम्पत्ति, दायित्व तथा कारोबार अब अर्किड ग्लोरी लिमिटेडअन्तर्गत रहनेछन् ।

अर्किड होल्डिङले काठमाडौंको रविभवनमा ‘क्राउन इम्पेरियल’ ब्राण्डमार्फत चारतारे होटल सञ्चालन गर्दै आएको छ भने माउन्टेन ग्लोरी पोखरामा ‘माउन्टेन ग्लोरी एन्ड फरेष्ट रिसोर्ट एन्ड स्पा’का रूपमा परिचित छ ।

नयाँ संरचनासँगै दुवै होटलको सेवा, पूर्वाधार र बजार विस्तारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

१७ बैशाख २०८३