मधेश प्रदेशको उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारी नियुक्त भएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सुनितालाई पर्यटनमन्त्री र अंसारीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्री दुबै माओवादी केन्द्रका हुन् । यो सँगै मधेश प्रदेशको मन्त्रीपरिषदले पूर्णता पाएको छ ।