‘चौथो मन्जुश्री ट्रेल रेस’ चैत २३ बाट सुरू हुने


टुरिजम पाना संवाददाता काठमाडौं । २७ फाल्गुन २०८०

आगामी चैत २३ गते सुरू हुने ‘चौथो मन्जुश्री ट्रेल रेस’को दर्ता खुला भएको छ । स्वदेशी तथा बिदेशी दुबैका लागि चर्चित यस ट्रेलको यो संस्करण एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा आयोजना हुन लागेको हो ।

जस अन्तर्गत रेसको १०० माइल र १०० किलोमिटरको उत्कृष्ट ५ जनालाई एसिया ट्रेल मास्टर्समा सहभागि गराइनेछ ।

त्यसैका लागि, चाइन, फ्रान्स आदि देशका विश्व वरियतामा उच्च स्थानमा रहेका खेलाडी सहभागी हुँदैछन् । अहिलेसम्म विभिन्न १० देशबाट १३० खेलाडिले सहभागिताको फारम भरिसकेका छन् ।

रेसमा सहभागीता जनाउनका लागि manjushreetrailrace.com मार्फत आवेदन दिन सकिने छ ।

फ्रान्स स्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता सँस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने सँस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले यस रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।

आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अङ्क प्राप्त गर्छन् जुन आइटिआरए सम्बन्धित न्युनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।

१ सय ७० किलोमीटर रेसमा प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । सय किलोमीटर रेसमा प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

पचास किलोमीटर रेसमा प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

२७ फाल्गुन २०८०