भिटोफको अध्यक्षमा देबकोटाले उम्मेदवारी दिने


टुरिजम पाना संवाददाता काठमाडौं । २७ फाल्गुन २०८०

गाउँ पर्यटन प्रवर्द्धन मन्च नेपाल (भिटोफ)को अध्यक्ष पदका लागि शकुन्तला देबकोटाले उम्मेदवारी दिने भएकी छन। हालको कार्यसमितिको कोषाध्यक्ष समेत रहेकी देवकोटा अब भने अध्यक्ष बन्ने दौडमा देखिएकी छ्न।

भिटोफलाइ थप गुणस्तरयुक्त भिटोफ बनाउन आफू तत्पर रहेको देबकोटाले बताएकी छन। ग्रामीण क्षेत्रको पर्यटनको महत्त्व आजपनी धेरैले बुझेको अवस्था छैन सोको महत्वलाई थप उजागर गर्न र ग्रामीण पर्यटनलाई थप बिकास गर्नका निमित्त मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको छु , उनले भनिन।

आगामी चैत्र १७ गते भिटोफले २५ औं साधारणसभा तथा अधिवेशन गर्दैछ। सोही अधिवेशनबाट दुई बर्षका लागि नयाँ कार्यसमितिको चयन हुनेछ।

२७ फाल्गुन २०८०