होटल म्यारियटले अनिश्चित कालका लागि स्थगित गर्‍यो अण्डरग्राउण्ड ग्यारेज पार्टी


टुरिजम पाना संवाददाता काठमाडौं । ५ श्रावण २०८०

होटल म्यारियट काठमाडौंले शुक्रबारदेखि शुरू गर्ने भनिएको अण्डरग्राउण्ड ग्यारेज पार्टी अनिश्चित कालका लागि स्थगित गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै म्यारियटले पार्टी स्थगित गरिएको जानकारी गराएको हो ।

म्यारियटले भनेको छ,’कार्यक्रम स्थगित गरिएकोमा हामी क्षमा प्राथि छौँ ।’

म्यारियटले अप्रत्याशित परिस्थितिका कारण कार्यक्रम स्थगित गरिएको जनाएको छ । यद्यपी अप्रत्याशित परिस्थिति के थियो भन्नेबारे विज्ञप्तीमा उल्लेख गरिएको छैन ।

आगामी दिनमा अन्य कार्यक्रमहरू ल्याउने समेत होटल म्यारियटले प्रतिवद्धता जनाएको छ ।

पार्टीका लागि अग्रिम टिकट बुक गरेका ग्राहकहरूका लागि भने होटल म्यारियटको टिमले छलफल गर्ने र सो टिकट शुल्कको कसरी व्यवस्थापन गर्ने भन्ने छलफल गर्ने विज्ञप्तिमा उल्लेख छ ।

म्यारियटले भनेको छ, ‘हामी छिट्टै अन्य कार्यक्रमहरू घोषणा गर्नेछौँ ।’

यो पनि

नेपालमै पहिलो पटक अण्डरग्राउण्ड ग्यारेज पार्टी गर्दै होटल मेरियट, कति लाग्छ शुल्क ?

५ श्रावण २०८०