फेयरफिल्ड म्यारियटको ट्रपिकल इभेन्ट, थोरै पैसामा धेरै खानेकुरा पाउन सकिने


टुरिजम पाना संवाददाता काठमाडौं । ९ श्रावण २०८०

अन्तर्राष्ट्रिय चेन होटल म्यारियटको ठमेलमा सञ्चालित चार तारे होटल फेयरफिल्ड म्यारियटले ट्रपिकल अफर सार्वजनिक गरेको छ ।

जसअन्तर्गत बुधबार (भोलि)का लागि ४ हजार रुपैयाँमा गोजा, सुशी, बियर, ककटेल लगायत अन्य खानेकुराहरू मस्तसँग खान सकिनेछ ।

थोरै पैसामा अत्याधिक परिकारको मज्जा लिनका लागि यो कार्यक्रम होटलले सार्वजनिक गरेको हो ।

सहभागी हुनेहरूलाई थप मनोरञ्जन दिन ट्रपिकल ड्रेसअप इभेन्ट समेत राखिएको छ । जसमा सहभागी हुनेहरूमध्ये बेस्ट ट्रपिकल ड्रेस्ड जित्नेले काकु काकु शिका जिकामा २ जनाले डिनरको अवसर पाउनेछन् ।

कार्यक्रममा सहभागी हुनका लागि ९८२२३८५१५५मा सम्पर्क गर्न सकिनेछ ।

९ श्रावण २०८०