कामपा मेयर बालेन लण्डन जाँदै


टुरिजम पाना काठमाडौं । २९ फाल्गुन २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आज लण्डन जाँदै छन् ।

यहि फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर साह सहित ४ सदस्यीय टोली सोमबार साँझ लण्डन जान लागेका हुन् ।

टोलीमा २४ नम्बर वडा अध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव साह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद जैसवाल रहेको मेयर साहको सचिवालयले जनाएको छ ।

२९ फाल्गुन २०७९