‘मेरो गाउँ, मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई


टुरिजम पाना संवाददाता काठमाडौं । १५ जेष्ठ २०८०

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि टिम डुलुवाको ‘दि नर्थन वालले’ जितेको छ । टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त गर्यो ।

त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कुँवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पारेको छ । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जितेको छ । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा कुल दस वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ‘फ्युचर स्टार अफ दि इयर’– आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर’–रुमण थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेश कुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकरले जिते । योसँगै विजेता एक–एक लाख रुपैयाँ नगदसहित भिडियो च्यालेन्ज अवार्ड हात पारे । सन् २०२० र २०२३ मा प्राप्त २ सय ५८ भिडियो मध्येबाट विभिन्न दश विधामा ७० वटा भिडियो मनोनयन गरिएको थियो । प्रतियोगिता फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा भएको हो ।

 

१५ जेष्ठ २०८०