पर्यटन बोर्डको कार्यकारी समितिको सदस्य सचिवमा मिलन देवकोटा नियुक्त


टुरिजम पाना संवाददाता काठमाडौं । २६ माघ २०८०

नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको सदस्य सचिवमा मिलन देवकोटा नियुक्त भएकी छिन् । बोर्डकी सदस्य मिलन देवकोटालाई बोर्डको कार्यकारी समितिको बैठकले रिक्त सदस्य सचिवमा नियुक्त गरेको हो ।

देवकोटाले शुक्रबार नियुक्ति पत्र बुझेकी छिन् । उनलाई बोर्डका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेद्वारा हस्ताक्षरित पत्र दिइएको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डमा हाल कार्यकारी प्रमुख रिक्त रहेकाले नेपाल पर्यटन बोर्ड ऐनबमोजिम कार्यकारी प्रमुखको नियुक्त नभएसम्म बोर्डको कार्यकारी समिति सदस्य मिलन देवकोटालाई कार्यकारी समितिको सदस्य सचिव भई कामकाज गर्न तोक्ने,’ शुक्रबारको बोर्ड बैठकले गरेको निर्णयमा उल्लेख छ ।

देवकोटा २३ मार्च २०२२ मा बोर्ड सदस्य नियुक्त भई बजेटको अर्डिनेटरको भूमिकामा थिइन् ।

२६ माघ २०८०