मन्त्री सिन्हाको पहिलो निर्णय: हिमाल सफा राख्न सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरिने


टुरिजम पाना काठमाडौं । ३० मंसिर २०८२

कानुन र उद्योगमन्त्री अनिलकुमार सिन्हाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालेका छन्।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीले आफैंसँग राखेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सिन्हाले आइतबार बहाली गरेका छन्।

सिन्हाले यसअघि कानुन र उद्योग वाणिज्यका अलावा भूमि व्यवस्था मन्त्रालयको पनि जिम्मेवारी सम्हालेकामा प्रधानमन्त्री कार्कीले शुक्रबार मन्त्रिपरिषद्‍मा ४ सदस्य थप्दा भूमि व्यवस्था कुमार इङ्नामलाई दिएर पर्यटनको जिम्मेवारी सिन्हालाई दिएकी थिइन्।

सिन्हाले पदबहालीका क्रममा हिमाल सफा राख्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने निर्णय गरेका छन्। सिन्हा आफैं सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्।

३० मंसिर २०८२