सिएनएनको घुम्नै पर्ने ठाउँहरूको सूचीमा मुस्ताङ, कसरी पुग्ने ?


टुरिजम पाना संवाददाता काठमाडौं । १ जेष्ठ २०८०

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले घुम्नैपर्ने २३ स्थानमा मुस्ताङलाई पनि समेटेको छ।

सिएनएनले शनिबार प्रकाशित गरेको सामग्रीमा भ्रमणमा निस्कन चाहनेले घुम्नैपर्ने सूचीमा नेपाललाई पनि समावेश गरेको हो ।

मुस्ताङलाई चिनाउँदै सिएनएनले माउन्टेन ट्रेकिङको लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उलल्ख गरेको छ।

साथै मुस्ताङमा छिट्टै ‘सिन्तामणि’ रिसोर्ट खुल्न लागेकाले पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

परम्परागत तिब्बतीयन घरको झल्को दिने यस रिसोर्टमा २९ वटा स्वीट रूम रहेको छ। यसले ग्रामीण पर्यटकीय स्थलमा समेत आरामदायी बस्न चाहनेलाई सहयोग पुग्ने उल्लेख गरेको छ।

सिएनएनले मुस्ताङ पुग्ने पर्यटकलाई मानव निर्मित गुफाको भ्रमण नछुट्याउन समेत सुझाव दिएको छ। दुई हजार वर्षअघिका बुद्धिष्ठ पेन्टिङ र मूर्तिकलाको पनि यस गुफामा अवलोकन गर्न सकिनेछ।

सिएनएनकाअनुसार मुस्ताङ उपत्यका पुग्नु साहसिक यात्रा हुनेछ। यो क्षेत्र भ्रमणका क्रममा पर्यटकहरूले पुरातात्विक बस्ती र बुद्धिष्ठ गुम्बाहरू अवलोकन गर्न पाउनेछन्।

कसरी पुग्ने ?

काठमाडौंदेखि पोखरासम्म २५ मिनेट उडान र पोखरादेखि जोमसोमसम्मको २० मिनेट उडान गरेर त्यहाँ पुग्न सकिन्छ।

त्यस्तै काठमाडौंदेखि सडकमार्ग हुँदै १२ घण्टामा पुग्न सकिने सिएनएनले जानकारी दिएको छ।

१ जेष्ठ २०८०