जहाज मर्मत सम्भारमा व्यवस्थापन चुकेको समाचार आएसँगै नेपाल वायुसेवा निगमले ध्यानाकर्षणसहित प्रष्टीकरण दिएको छ। निगमले आफूसँग भएको नाइन एन-एकेडब्लु र नाइन एन-एकेएक्स कलसाइनको जहाज नियमित चेकजाँचमा प्राविधिक समस्या आएपछि ग्राउण्डेड गरेको जनाएको छ।
एक साताअघि प्राविधिक समस्या आएर ग्राउण्डेड रहेको नेवानिको नाइन एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाजको मर्मत सम्भार आजै सकिने भएको छ। उक्त जहाजमार्फत आजबाटै नियमित उडान गर्ने निगमले जनाएको छ।
नियमित मर्मत सम्भारका लागि निरीक्षणका क्रममा उक्त न्यारोबडी जहाजको दायाँ इन्जिनको एउटा ‘एट्रिसन लाइनिसङ’ मा प्राविधिक समस्या देखिएको थियो। जहाज मर्मत भइरहेको र आज बेलुकीसम्ममा नियमित उडानमा पठाउने योजना रहेको निगम प्रवक्ता रमेश पौडेलले बताए।