क्वालालाम्पुरबाट काठमाडौं आएको विमान लखनउ डाइभर्ट


टुरिजम पाना काठमाडौं । ६ माघ २०७९
bayu sewa nigam
फाइल तस्वीर

मलेशियाको क्लालालम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमान डाइभर्ट गरिएको छ ।

काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि आरए–४१६ विमान डाइभर्ट गरिएको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको हो ।

यसैबीच बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान पनि झापामा अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको हो ।

६ माघ २०७९