नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माणको काम पुनः रोकियो


टुरिजम पाना काठमाडौं । ६ माघ २०७९

बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग निर्माणको काम पुनः रोकिएको छ । विभिन्न कारणले निर्माणमा अवरोध पुगेको भन्दै तोकिएको समयमै निर्माण सम्पन्न गर्न गाह्रो हुने बताईरहेका बेला पुनः निर्माण कार्य रोकिएको हो ।

सरकारले अवैध क्रसर बन्द गराएको भन्दै व्यवसायीले ढुङ्गा, गिट्टी र बालुवा बेच्न छाडेपछि विगत तीनदेखि काम ठप्प भएको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाका उप निर्देशक माधव अधिकारीले टुरिजमपानालाई बताए ।

ढुङ्गा, गिट्टी आफूहरुले नै उत्पादन गरेर काम गरिरहेको भएतापनि क्रसर उद्योगले बालुवा बेच्न छाडेपछि निर्माणको काम प्रभावित बनेको अधिकारीले बताए । आयोजनालाई चाहिने गिट्टी सुरुङ खन्दा निस्कने ढुङ्गाबाटै उपयोग भइरहेको छ । बालुवा भने जापानी कम्पनीले नेपाली व्यवसायीसँग किन्दै आएको छ ।

गृह मन्त्रालयले पुसको २० गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन पत्र पठाएको थियो ।

६ माघ २०७९