नेपालगन्जबाट काठमाडौं आएको जहाज जब भन्द्रपुर पुग्यो….


टुरिजम पाना संवाददाता काठमाडौं । ६ माघ २०७९

भिजिविलिटीमा समस्या हुँदा नेपालगन्जबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको श्री एयरलाइन्सको जहाजलाई झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरिएको छ ।
भिजिविलिटी कम भएकाले जहाजलाई भद्रपुर अवतरण गराइएको हो ।
बिहान ७ बजेर ३० मिनेट जाँदा काठमाडौं उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ५ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहानैबाट प्रभावित भएको थियोे । मौसम खुल्दै जाँदा अहिले उडान–अवतरण सामान्य बन्दै गएको छ ।

काठमाडौं विमानस्थलमा बिहान भिजिविलिटी १५ सय मिटर भन्दा कम हुँदा अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

६ माघ २०७९