काठमाडाैबाट थाइल्यान्डका लागि उडेको नेपाल वायु सेवा निगमको जहाज बङ्गलादेशको चटगाउँ विमानस्थलमा आकस्मिक अवतरण गरेकाे छ ।
आरए ४०१ उडान नम्बरको जहाजको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको सङ्केत देखिएपछि जहाज बङ्गलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेकाे हाे ।
जहाजमा एक सय ५२ जना यात्रु थिए । यद्यपि जाँच गर्दा जहाजमा कुनै खराबी भने नदेखिएको निगमकाे भनाइ छ ।