गृहमन्त्रीलाई चेम्बरको आग्रहः रात्रीकालीन व्यवसाय निर्वाध सचालन हुने व्यवस्था मिलाइदिनु


टुरिजम पाना काठमाडौं । २१ पुष २०७९

नेपाल चेम्बर अफ कमर्सले पर्यटन क्षेत्रका लागि रात्रीकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएको छ ।

गृहमन्त्री रवि लामिछानेसँगको भेटघाटका क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन क्षेत्रका लागि रात्रीकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेकोले मुख्य पर्यटकीय गन्तब्यका रात्रीकालीन व्यवसाय निर्वाध सञ्चालन हुनुपर्नेमा ध्यानाकर्षण गराएका हुन् ।

मल्लले काठमाडौंको ठमेल, चितवनको सौराहा तथा पोखरा स्थित रात्रीकालीन व्यवसायहरु निर्वाध ढंगले सचालन हुने व्यवस्था गरिनुदिनुपर्ने बताए । यस्तै खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

२१ पुष २०७९