नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल सुरू (तस्वीरहरू)


टुरिजम पाना संवाददाता पोखरा । ८ असार २०८०

पोखरामा नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभल सुरू भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजनामा फेस्टिभल सुरू भएको हो ।

जसमा होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्य रहेको छ ।
फेस्टिभल शनिबारसम्म रहनेछ ।

फेस्टिभललाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्त्री सुदन किराँतीले ड्रागन चिनियाँ समाजमा शक्ति, परिवर्तन र भलाइको प्रतिक मानिने गरेको उल्लेख गरे ।

उनले चिनियाँ समाजले सपनामा ड्रागन देखेमा पनि शुभ हुने मान्यता रहेको सुनाए ।

फेस्टिभललाई सम्बोधन गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले नेपालमा यो फेस्टिभल गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

यस्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले चीनले निम्तो स्वीकारेर यहाँ कार्यक्रम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

फेस्टिभलमा बोट रेस पनि सुरू भएको छ ।

दक्षिण एसियाकै पहिलो दावी गरिएको यस महोत्सवमा सातै प्रदेश र चीनबाट समेत गरि १६० भन्दा बढीको सहभागीता रहेको बताइएको छ ।

 

८ असार २०८०