नेपालको पर्यटकीय विकासका लागि गैरआवासीय नेपालीको भूमिका अहम् : राष्ट्रपति पौडेल


टुरिजम पाना काठमाडौं । ४ चैत्र २०७९

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको पर्यटकीय विकासका लागि गैरआवासीय नेपालीको भूमिका अहम् हुने बताएका छन् ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको पर्यटकीय विकासका लागि गैरआवासीय नेपालीको भूमिका अहम् हुने भन्दै नेपालको साहित्यक, सांस्कृतिक र प्राकृतिक विविधतालाई विश्वमाझ चिनाउन अपिल गरेका थिए ।

आदिकवि भानुभक्त आचार्यको जन्म भएको तनहुँको चुँदीरम्घामा राष्ट्रिय एकतालाई भावनात्मक रुपमा विकास गर्न आफूले बृहत् योजना ल्याएको भन्दै त्यसमा सहभागी भई योगदान गर्न समेत संघका प्रतिनिधिलाई राष्टपति पौडेलले आह्वान गरे । कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ रहेपनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताए ।

भेटका क्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गोविन्द प्रसाद गौतम, प्रवक्ता सोम सापकोटा, कोषाध्यक्ष लोक प्रसाद दाहाल,सह–कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, यूवा संयोजक अब्दूल वसिद, संस्थापक सचिव चिरिन्जीवि ढकाल, एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सूवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम, एनसीसी स्पेनका अध्यक्ष शालिग्राम डुम्रे, एनआरएन दक्षिण कोरियाका राजन कुवँर, एनआरएनएन यूएसएका पदम विश्वकर्मा एनआरएनएका फोकल पर्सन सरोज दाहाल, संघका प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

४ चैत्र २०७९