चिनमा नेपाल पर्यटन बोर्ड ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’बाट सम्मानित


टुरिजम पाना काठमाडौँ । ७ जेष्ठ २०८१

चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’ प्रदान गरिएको छ ।

मे १६ देखि सुरु भएको ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालबाट पाटा नेपाल च्याप्टर र ७ ट्राभल एजेन्सी तथा होटलको सहभागिता रहेको छ ।

सो अवसरमा पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले नेपालको पर्यटन सम्भाव्यताबारे प्रस्तुति दिएका थिए । नेपालको प्रमुख पर्यटकीय स्रोत चीन रहेको अवस्थामामा नेपालको सहभागिताले पर्यटन प्रर्वद्धनमा थप सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ ।

जेठ ३ देखि ५ (मे १६ देखि १८) सम्म सञ्चालन भएको फेयरमा पाटा नेपाल च्याप्टरले चाइना आउटबण्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी) बाट ‘ओभरअल परफरमेन्स अवार्ड’ र ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) बाट ‘बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ ।

नेपालबाट सहभागी जुगल हलिडेजले मेलामा ‘गोल्ड अवार्ड फर प्रोडक्ट इनोभेसन’ प्राप्त गरेको उक्त कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका अधिकृत प्रदीप गैरले जानकारी दिए ।

कोभिड–१९ महामारीपछि जीआइटीएफमा नेपालको यो पहिलो सहभागिता हो । कार्यक्रमको उद्घाटन समारोहमा ग्वाङ्जाओका लागि नेपालका कार्यवाहक महावाणिज्यदूत सरोज भट्टराई सहभागी भएको थियो नेपाल पर्यटन बोर्डद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

नेपाल टुरिजम बोर्डले यस अघि युएइमा आयोजित अरेवियन ट्राभल मार्केट (एटीएम–२०२४) को ३१ औं संस्करणमा पनि सहभागिता जनाएको थियो ।

७ जेष्ठ २०८१