प्रेसिडेन्ट होटलद्वारा आयोजित ‘पक्कु भेस्टिभल–२०८१’ आजदेखि सुरु


टुरिजम पाना काठमाडाैँ । १७ आश्विन २०८१

प्रेसिडेन्ट होटल काठमाडौँले आयोजना गरेको ‘पक्कु भेस्टिभल–२०८१’ आजदेखि सुरु भएको छ ।

लोक संस्कृति, परम्पराको जगेर्ना गर्ने र लोप हुँदै गएको मौलिकताको सम्बद्र्धन गर्ने उद्देश्यका साथ नेपालीहरूको महान चाड बडा दशैँ २०८१ को पावन अवसरमा घटस्थापनाका दिनदेखि ‘पक्कु फेस्टिभल–२०८१’ को आयोजना गर्न लागेको हो ।

प्रेसिडेन्ट सेकुवा मल्टी क्यूजिन रेस्टुरेन्ट, महाराजगन्जले असोज १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा अनुभवी, दक्ष र नेपालीहरूको जिब्रोको स्वादलाई पहिचान गर्न सक्ने मास्टर सेफहरूको साथमा नेपाली पाककला, पक्कु खानाको संस्कृति तथा संरक्षण र जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको होटलका अध्यक्ष टी आर भण्डारी (शंकर)ले जानकारी दिए ।

‘यस मेलामा दशैँमा प्रयोग हुने विभिन्न स्थानीय हस्तकला, सांस्कृतिक एवं परम्परागत बाजा र परिकारहरूको प्रदर्शनी प्रस्तुत गरिनेछ । यसपक्कु मेलाले आर्थिक व्यापार भन्दा पनि मनोरञ्जन, रहनसहन खानपानको जानकारी प्रदान गरी नयाँ पुस्तालाई उत्साहित बनाउने छ,’ भण्डारी भन्छन् ‘चाड पर्वको बेलामा विभिन्न पेशा व्यवसायका कारण शहर छोड्न नपाएका, गाउँलाई बिरानो बनाइ शहरमा विभिन्न वाध्यताको कारण स्थायी बसोबास अएकाहरूलाई र गाउँले जीवन भन्दा टाढा रहेका शहरबासीहरूलाई ध्यानमा राखी यो फेस्टिभलको आयोजना गरिएको हो ।’

करिब १८ वर्ष अगाडी सुन्धारामा प्रेसिडेन्ट होटलको स्थापनासँगै व्यवसायिक यात्रा सुरु गरेयता बालाजु, माछापोखरी, चितवन, पुरानो बानेश्वर, बत्तिसपुतली, महाराजगन्ज, रवि भवन, एयरपोर्ट लगायत १५ स्थानबाट प्रेसिडेन्ट होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट, प्रेसिडेन्ट बेकरी मार्फत आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको आयोजकले जानकारी दिए ।

प्रेसिडेन्ट होटलले यसलाई एक प्रतिष्ठित ब्राण्डका रूपमा स्थापित गराउन २०७२ सालमा ‘प्रेसिडेन्ट विजनेश ग्रुप’को नामबाट ब्राण्डिङ गर्न थालेको अध्यक्षले जानकारी दिए । प्रेसिडेन्टले आफ्ना सबै आउटलेटमा प्रयोग गरिने आफ्नो विशिष्ट खालको लोगो, ब्रान्ड कलर, मौलिक एवं एकै किसिमको डिजाइन, स्लोगन, स्वाद र आतिथ्यताले हस्पिटालिटी क्षेत्रमा ब्राण्डिङ गर्दै आएको उनको भनाइ छ ।

 

१७ आश्विन २०८१