तानसेन बजारमाथी प्याराग्लाइडिङ, पर्यटक उत्साहित (फोटो)


टुरिजम पाना पाल्पा । २८ मंसिर २०७९
Palpa paragliding

पाल्पाको तानसेन नगरपालिका रहेको बताँसेडाँडामा प्याराग्लाइडिङ उडानले पर्यटकहरुमा उत्साह थपेको छ । गत २०७८ मंसिर देखि फ्लाई तानसेन कम्पनीले सञ्चालनमा ल्याएको प्याराग्लाईडिङमा पर्यटकहरु लोभिएका हुन् ।

पाल्पाको तानसेन बजार, बताँसेडाँडा, सल्लाको जंगल, माडी फाँट र श्रीनगर डाडाँ अवलोकन गर्न पाउनु यहाँका मुल आकर्षण हुन् । यो प्याराग्लाईडिङलाई तीन युवाहरु कृष्ण पाठक, रुपम कक्षपती र आयस ठकुरीले संयुक्त लगानीमा सञ्चालनमा ल्याएका हुन् । पाठक र ठकुरी अन्य जिल्लाका भएपनि कक्षपती भने पाल्पाकै स्थानीय हुन् ।

Palpa paragliding

प्याराग्लाईडिङ उडानको एक बर्षमै यहाँ विदेशीसहित करिब ५ सय जना पर्यटकहरु प्याराग्लाईडिङमा उडिसकेको सञ्चालक मध्येका एक रुपम कक्षपतीले टुरिजम पानालाई बताए । पर्यटकीय तानसेन बजारमाथी प्याराग्लाईडिङ गर्नका लागि पर्यटकहरु उत्साहित बन्ने गरेको उनले बताए ।

तानसेनको बताँसेडाँडाबाट उडान (टेकअप) भएर तानसेन बजार अवलोकन गराउँदै २० देखि ४० मिनेटसम्मको फ्लाइटको ल्यान्डिङको तानसेनकै रक्सामा गराइन्छ । कम्पनीले ५ जना पाइटले उडाउन पाउने गरी अनुमति लिएको भएपनि पर्यटकको चाप नभएकाले २ जना पाइलटले उडान गराउँदै आएका छन् ।

Palpa paragliding

उडान सञ्चालनपछि प्रचारप्रसार नगरिएको पर्यटकको संख्यामा कमी भएकोले अब मार्केटिङ बढाएर धेरै पर्यटक तानसेन भित्राउने र प्याराग्लाईडिङमा आकर्षित गर्ने आफूहरुको तयारी रहेको कक्षपती बताउँछन् । उडानका लागि नेपालीले ५ हजार ५ सय र विदेशीहरुका लागि ७ हजार ५ सय तोकिएको छ ।

कक्षपतिले उदयपुरमा फ्लाइ वान्डरस प्याराग्लाइडिङ स्कूल समेत सञ्चालन गरेका छन् । यहाँ उडान भर्ने पाइलटले पनि सोही स्कूलमा तालिम लिएका हुन् ।

बुकिङका लागि सम्पर्क । 
२८ मंसिर २०७९