पाँचपोखरीको पर्यटन प्रवर्द्धनका जोड दिनुपर्छ: एमाले अध्यक्ष ओली


जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवनको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्पा ओलीले उद्घाटन गरेका छन्।

उक्त भवन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट रु दुई करोड ३७ लाख ६० हजार तीन सय ७, सङ्घीय समपूरक अनुदान रु तीन करोड ८४ लाख र पाँचपोखरी थाङपाल गाउँपालिकाबाट चार करोड ८७ लाख ८२ हजार आठ सय ५४ गरी जम्मा रु ११ करोड ९४ लाख तीन हजार एक सय ६१ को लागतमा निर्माण भएको हो ।

पाँच वर्षमा निर्माण पूरा भएको उक्त भवनमा ३५ कोठा छन् । त्यस अवसरमा पूर्वप्रधानमन्त्री ओलीले पालिकाहरुले नयाँ भवन निर्माण भएसँगै गुणस्तरीय सेवा प्रवाहमा लाग्नुपर्नेमा जोडदिए उनले पाँचपोखरीमा जैविक उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरे। ‘यहाँका स्थानीय उत्पादनले बजार पाए यहाँका स्थानीयको आय आर्जनमा सहयोग पुग्नेछ,’ नेता ओलीले भने ।

उनले उत्पादनलाई बढाउन आग्रह पनि गरे।  पूर्वप्रधानमन्त्री ओलीले मेलम्ची –पाँचपोखरी– भोताङ बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए। साथै उनले पाँचपोखरीको पर्यटन प्रवर्द्धनका जोड दिए।

गाउँपलिकाका अध्यक्ष टासी लामाले भवन निर्माणमा सघाउने सबैमा आभार प्रकट गर्दै हिमाली पालिका पाँचपोखरीको विकासमा सहयोग गर्न आग्रह गरे।२०८० माघ १७ गते पाँचपोखरी थाङपाल गाउपालिका को बहुपहिचान युक्त प्रशासकीय भवन  उद्घाटन भएसङ्गै अबका आगामी दिनहरुमा जनसेवाका सम्पूर्ण कार्यहरु सहज र सुलभ रुपमा नयाँ भवन बाट सुरु भै सकेको पनी उनले जानकारी गराए ।

साबिक थाङ्पाल गाबिसको अस्थाई २ कोठे कार्यालय बाट सुरू भएको प्रशासकीय सेवा , पालिकाको अस्थाई भवन हुदै अहिलेको नयाँ भवन सम्म आउँदा आम जनसमुदायको अपार माया ममता साथ समर्थन प्रति पनि उनले आभार व्यक्त गरेका छन् ।

समुन्द्री सतहबाट करीब ४२ सय मिटर उचाइमा रहेको सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो ।

१९ माघ २०८०