पठाओद्वारा पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग


टुरिजम पाना काठमाडौं । १९ पुष २०७९

लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।

पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले उक्त सामग्री कोषका उप निर्देशक रेवती रमण अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कम्पनीले पशुपति क्षेत्र विकास कोषलाई करिब साढे पाँच लाख रुपैयाँ बराबरको सामान सहयोग गरेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।

दुई थान अक्सिजन कन्सनट्रेटर, १/२ लिटर ह्यान्ड स्यानिटाइजर ५ सय थान, सर्जिकल मास्क ५ हजार थान र अक्सिमिटर २ थान लगायतका सामानहरू कोषलाई सहयोग गरिएको हमालले जानकारी दिइन् ।

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्जीवनी इनिसिएटिभ कार्यक्रमको आयोजना गरि कोषलाई सहयोग गरेको हमालले बताइन् ।

१९ पुष २०७९