पोखरा एयरपोर्टको ह्याङ्गर ५ वर्षका लागि भाडामा लगाउन बोलपत्र आह्वान


टुरिजम पाना पोखरा । २५ माघ २०७९

पोखरा अन्तराष्ट्रिय विमानस्थल भित्रको ह्याङ्गर (जहाज मर्मतमा प्रयोग हुने भवन) ५ वर्षका लागि भाडामा लगाइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पीआईएको ह्याङ्गर भाडामा दिने सम्बन्धमा बोलपत्र आह्वान गरिएको हो । बोलपत्रमा आवेदन दिने कम्पनीका लागि न्यूनतम ठेक्का रकम ११ करोड ४१ लाख ७४ हजार रुपैयाँ तोकिएको छ ।

दोस्रो आर्थिक वर्षदेखि मूल्यवृद्धि अनुसार भाडा स्वतः बढ्दै जानेछ । प्राधिकरणलाई कुनै किसिमको बक्यौता रकम बुझाउन बाँकी रहेका कम्पनीले भने बोलपत्रमा भाग लिन नपाउने बताएका छन् ।

२५ माघ २०७९