पोखराको प्याराग्लाइडिङ फेरि बन्द


टुरिजम पाना पोखरा । २९ मंसिर २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखराको प्याराग्लाइडिङ अनिश्चितकालको लागि बन्द गराएको छ ।
मङ्सिर २९ गते अर्को आदेश नाअएसम्म नेपाल हवाइ खेलकुद सँस्था (ना)को अधिकार क्षेत्र भित्र रहेका प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रवन्धक समिता शाक्यले जानकारी दिइन् ।

प्याराग्लाइडिङको एकद्वर प्रणली संबधी बिषयमा ब्यवसायीहरु बिच बिरोध सिर्जना भएको थियो । सो गतिरोधको बिषयमा प्राधिकरणलाई कुनै पनि जानकारी नगराएको अवस्थामा उडान बन्द गरिएको शाक्यको भनाइ छ ।

२९ मंसिर २०८०