पछिल्लो आर्थिक बर्षमा प्रदेश नं १ मा उडान र यात्रुको संख्यामा व्यापक वृद्धि


टुरिजम पाना विराटनगर । २२ मंसिर २०७९

प्रदेश नं १ मा पछिल्लो आर्थिक बर्षमा समग्र जहाजको संख्यामा १२४.२ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक गतिविधि अध्ययन अन्तर्गत प्रदेश नं १ को आर्थिक वर्ष २०७८ ७९ को अध्ययन प्रतिवेदन सार्बजनिक गदै अघिल्लो बर्ष २५.९ प्रतिशतले घटेको जहाज उडानको संख्या यो बर्ष १२४.२ प्रतिशतले बढेको तथ्याङकले देखाएको हो ।

जहाजको उडान संख्या वढेसँगै प्रदेश नं १ बाट उडान भर्ने यात्रुको संख्यामा समेत वृद्धि भई १२०.८ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष यात्रुको संख्या १८.३ प्रतिशतले घटेको थियो ।

आर्थिक बर्ष ०७७।७८ मा कोभिड १९ को प्रभाव न्यूनीकरणका लागि गरिएको लकडाउन र बन्दाबन्दीले घटेको उडान र यात्रुको संख्या अवस्था सहज भएसँगै वढेको देखिएको हो ।

यो अध्ययन प्रदेश नं १ का नियमित उडान हुने र धेरै आवातजावत हुने विराटनगर, भद्रपुर र लुक्ला विमानस्थलाई नमुना छनोट गरिएको थियो ।

२२ मंसिर २०७९