कीर्तिमानी सगरमाथा आरोही श्रेष्ठ सीएनएनको ‘उत्कृष्ट एथ्लेट’ को सूचिमा


टुरिजम पाना संवाददाता काठमाडौँ । १४ पुष २०८१
purnima shrestha

सन् २०२४ मा एउटै आरोहण सीजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सथरमाथाो सफलता आरोहण गर्ने विश्वकै पहिलो तथा एक मात्र महिला बन्ने कीर्तिमान कायम गर्ने नेपाली आरोही पूर्णिमा श्रेष्ठलाई विश्व प्रसिद्ध समाचार संस्थता सीनएनएले पनि सम्मान गरेको छ ।

सीएनएनले यो वर्षको ‘The Extreme Athletes Who Pushed Limits in 2024‘ को सूचीमा नेपाली आरोही श्रेष्ठलाईसमेत समेत चयन गरेको छ ।

आरोही श्रेष्ठले सन् २०२४ उनको जीवनकै एउटा ऐतिहासिक वर्ष बनेको उल्लखे गरेकी छिन् । ‘यसै वर्ष म एउटै आरोहण सीजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ, उनले भनेकी छिन्– ‘यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू र सबै तपाईंहरूलाई धन्यवाद । आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरू र साहसिक यात्राहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

कीर्तिमानी आरोही श्रेष्ठले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी गराउन पाउँदा आफूले गौरवान्वित महसुस गरेको उल्लेख गरेकी छिन् ।

सीनएनले विश्वका चुनौतीपूर्ण तथा साहसिक प्रदर्शन गर्ने सूचीमा नेपाली आरोही आरोही श्रेष्ठलाई पनि समावेश गर्दै उनको बारेमा बनाएको सामग्रीमा लेखेको छ, ‘एउटै सीजनमा, त्यो पनि १३ दिन तीन पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान तोड्दै पूर्णिमा श्रेष्ठले यो वर्ष इतिहास रचिन् । नेपाली आरोही तथा फोटो पत्रकार श्रेष्ठले मे १२, मे १९ तथा मे २५ मा सगरमाथा आरोहण गरेकी थिइन् ।’

सीनएनको सामग्रीमा आरोही श्रेष्ठको भनाइसमेत प्रकाशित छ । ‘मेरो शरीर नै सुख्खा भएको थियो । म आफैंलाई आफू मूर्ख केटी जस्तो लाग्यो । मैले यो यो महत्वाकांक्षा त्याग्ने बारेमा पनि सोचकी थिएँ । हिमाल उक्लनु आलस्यका कारण चुनौतीपूर्ण थियो र यस्तो अभियानको लागि ठूलो खर्च तिर्नुपरेको थियो । तर मैले सपना देखेँ र सफल भएँ । मैले मेरो सपनामा जोड दिएँ । मेरो सपनामा ध्यान केन्द्रित गर्नु सबैभन्दा कठिन कुरा थियो ।’

उनी सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग सातौं अग्लो हिमाल धौलागिरी हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन् ।

१४ पुष २०८१