लामो समयदेखी पर्यटन ब्यवसायमा आबद्ध रहेका ब्यवसायी रामशरण उप्रेतीले अमेरिकाकै अग्लो हिमालको सफल आरोहण गरेका छन।उनले फाल्गुन १ गते एकोन्कागुवा हिमालको सफल आरोहण गरेका हुन।
विगत २१ वर्षदेखि काठमाडौंमा बसेर पदयात्रा लगायत पर्यटन व्यवसायसँग सम्बद्ध उप्रेतीले यसअघि सगरमाथाको आरोहण गरिसकेका छन।
सँधै अरुलाई मात्र घुमाउने अनि सगरमाथा लगाएत नेपालका विभिन्न हिमश्रृंखला सहित पर्यटकीय स्थानको बारेमा ब्रिफिङ गर्ने उप्रेती आफैले संसारको सबैभन्दा अग्लो सगरमाथाको चुचुरो र अमेरिकाकै अग्लो हिमाल आरोहण गर्न पाउदा गर्व लागेको बताए ।