सर्वसाधारणका लागि खुला भयो रानीपोखरी, विनाटिकट अवलोकन गर्न पाईने


टुरिजम पाना काठमाडौं । १० चैत्र २०७९
ranipokhari

रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ ।

महानगर प्रहरीले सरसफाइ गरेर बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । सर्वसाधारण रानीपोखरी खुला भएसँगै अब सर्वसाधारण विनाटिकट अवलोकन गर्न जान पाउनेछन् ।

२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

निर्माणपछि रानीपोखरी चिटिक्क पारिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । सर्वसाधारणका लागि खुला गरेसँगै पर्यटकहरुको गन्तब्य रानीपोखरी बन्ने अपेक्षा गरिएको छ ।

यसअघि भाइटीका र छठ पर्वमा मात्र खोलिने रानीपोखरी पहिलोपटक सर्वसाधारणको लागि दिनुहँ रूपमा खुला गरिएको हो।

१० चैत्र २०७९