रोटर्याक्ट क्लब अफ ज्ञानेश्वर सिस्टको अध्यक्षमा सदिक्षा निरौला चयन भएकी छन् ।
काठमाडौंमा आयोजित ‘तेस्रो इनस्टलेशन सेरेमोनी’मा क्लबकी निवर्तमान अध्यक्ष अप्सरा लामिछानेले निरौलालाई कार्यभार हस्तान्तरण गरेकी थिइन् ।
अध्यक्षमा चयन भएपछि निरौलाले आफ्नो कार्यकालमा रोट्याक्टरहरूको नेतृत्व विकास तथा अन्य सीप विकासमा थप कार्यक्रमहरू आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
लामो समयदेखि सामाजिक कार्यक्रम गर्दै आएको क्लबको यस कार्यक्रममा सय जना भन्दा बढी रोट्याक्टर तथा अन्यको उपस्थिती रहेको थियो ।
कार्यक्रममा क्लबका सस्थापक स्वेक्षा रन्जितकाे साथै बाेर्डका सदस्य अनुषा खरेल, राेशनी महत्ताे, दिया बराल, सुजता न्याैपाने, आस्था देवकाेटा, उपेन्द्र शाह, खुस्बु कुमारी शाह, एलिशा सेन, एलिशा थापा मगर, आेम प्रकाश देव, ईश्वर खनाल, मेग्नना राई, मनाेज बढ्ढा, अचर्ना चाैधरीकाे सहभागीता रहेकाे थियाे ।
क्लबले समुदायका नेतृत्वदायी व्यक्त्तित्वहरुको विचारहरू आदानप्रदान गर्ने, नेतृत्व र व्यावसायिक सीपहरू विकास गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
१८ वर्ष माथिका जुनसुकै व्यक्त्तिहरु यस क्लबमा जोडिन सक्छन् । विश्वभरका समुदायहरूमा रोटरी र रोटर्याक्ट सदस्यहरूले सेवा भावले सँगसँगै काम गर्छन्।