जानकी मन्दिरबाट सेफ नेपाल टिभी रियालिटी शो को सुटिङ शुरु


टुरिजम पाना काठमाडौं । १३ फाल्गुन २०७९

पाककला विधामा देशकै पहिलो टिभी रियालिटी शोसेफ नेपालको सुटिङ शुरु भएको छ ।  शो का निर्माता धर्मराज पाण्डे का साथ सेफ सन्तोष शाह, सेफ गणेश ढकाल भान्से लक्ष्मण भण्डारी सहितले जनकपुर धाम स्थित जानकी मन्दिरको आशिर्वाद लिएर सुटिङको शुभारम्भ गरेका छन   

सेफहरुको इन्ट्रो भिडियो खिच्ने क्रममा मस्टराजज सेफ सन्तोष शाह तथा अन्य सेफहरु सहितको बिभिन्न फुटेजरुको छायाँकन कार्य सहित सुटिङ कार्यको सुरुयात भएको साथै प्रीअडिसनबाट छनोट हुनु भएका प्रतियोगिहरुको ओरिएन्टेसन भिडियो कभरेज पनी थालिएको ओरिएन्टेसन सँगसँगै लाईभ अडिसन को सुटिङ समेत अघी बढ्ने  छ भने चैत्र महिना देखी शो प्रशारणमा आउने  

गत पौषमा सेफ नेपालको शुटिङ सेट रिभिल भएको थियो शो को निर्माण कार्य भनिएको भन्दा ढिला भएको नेपाल मै पहिलो पटक पाककला विधामा टेलिभिजनमा यस्तो शो बनाउन लगेको अहिले को रिस्थितिमा प्रायोजक हरु जुटाउन समेत कठिन भएकोले निर्धारित भन्दा धेरै समय लागेको हो  

शो जम्मा १८ इपिसोडको हुने छ । १००  प्रतिस्पर्धिहरु शो मा प्रतिस्पर्धा गर्ने छन ।  यस शो का बिजेताले नगद रु २५ लाख प्राप्त गर्नेछन भने रु १० लाख भन्दा बढीको उपहार दर्शकहरुले यस शो को क्विज सेग्मेन्ट मार्फत प्राप्त गर्ने छन ।

शो ले भर्पुर मनोरन्जन, नेपाली खाना बारे ज्ञान, नयाँ नयाँ खानाको परिकार, खाना पस्कने नयाँ कला लगाएत धेरै बिषयलाई समेट्ने छ । नेपालको गेस्ट्रोनोमि टुरिजममा समेत यो कार्यक्रमले टेवा पुर्याउने छ । 

नेपालमै पहिलोपटक फुड रियालिटी शो आयोजना हुँदै, उत्कृष्ट ‘सेफ’लाई २५ लाख पुरस्कार

१३ फाल्गुन २०७९