प्रोजेक्ट सारङ्गीले आगामी भदौ ९ मा सारङ्गी भेला आयोजना गर्ने भएको छ ।
सारङ्गी बादकहरूका लागि विशेष हुने सारङ्गी भेला ललितपुरको झम्सिखेलमा आयोजना गरिने आयोजक संस्था प्रोजेक्ट सारङ्गीले जानकारी दिएको छ ।
सारङ्गी सिक्न चाहनेहरूका लागि मात्र नभई सो भेला सारङ्गी बजाइरहेकाहरूका लागि पनि उपयोगी हुने बताइएको छ ।
‘सारङ्गी सिकौँ, राष्ट्रिय सम्पदाको संरक्षण गरौँ’ भन्ने नारासहित सो भेला गर्न लागिएको हो । जसमा निशुल्क प्रवेशको व्यवस्था छ । बिहान ११ बजेदेखि कार्यक्रम सुरू हुने आयोजकले जनाएको छ ।