दिगो पर्यटन परियोजनाको राष्ट्रिय आयोजना संयोजकमा श्रद्धा श्रेष्ठ नियुक्त


टुरिजम पाना संवाददाता काठमाडौं । १७ आश्विन २०८०

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको राष्ट्रिय आयोजना संयोजकमा श्रद्धा श्रेष्ठ नियुक्त भएकी छन् ।

युएनडिपी अन्तर्गतको उक्त परियोजनाको राष्ट्रिय आयोजना संयोजकमा नवनियुक्त भएकी श्रेष्ठ नेपाल पर्यटन बोर्डको प्रवन्धक समेत हुन्।

जीविकोपार्जन पुनरुत्थानका लागी दिगो पर्यटन परियोजना(एसटीएलआरपी ) मा राष्ट्रिय आयोजना संयोजकमा नियुक्त भएर सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको उनले बताएकी छन्।

“यस परियोजनाको सदस्य बन्न पाउँदा अत्यन्तै गौरवान्वित महसुस गरेको छु , साथै आगामी दिनमा नयाँ र फरक शैलीका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता गर्दछु,” उनले भनिन।

उक्त भूमिकामा आफूलाई विश्वास गरेर अवसर प्रदान गरेकोमा उनले आफ्ना वरिष्ठ , सहकर्मीलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै नयाँ जिम्मेवारीलाई पुरा गर्न हर सम्भव मेहनत गर्ने बताइन् ।

२०७८ सालदेखि नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीसँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरेको हो ।

१७ आश्विन २०८०