सिम्रिकका सबै हेलिकप्टर उडानमा रोक


टुरिजम पाना संवाददाता काठमाडौं । २४ बैशाख २०८०
तस्वीर: सिम्रिक एयरको फेसबुक पेज

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ ।

शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिकमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि यस्तो प्रतिबन्ध लगाइएको हो ।

सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेपछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडान रोकिएको हो ।

प्राधिकरणले सो हेलिकप्टर दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

२४ बैशाख २०८०