दक्षिण एसियन ट्राभल अवार्ड (साटा)काे ८औं संस्करण काठमाडौँमा आयाेजना हुने भएको छ ।
दक्षिण एसियाको पर्यटनीय क्षेत्रमा हासिल भएको उत्कृष्ट उपलब्धिहरुलाई मान्यत दिन तथा यस क्षेत्रलाई विकास र प्रवद्र्धन गर्न साटाले यो कार्यक्रम गर्न लागेको हो ।
ट्राभल एण्ड टुरिजम क्षेत्रमा आवद्ध व्यवसायीहरुको उपस्थिती रहने उक्त कार्यक्रम आगमी सेटेम्बर १९ मा द मल्ल होटलमा आयोजना हुने संघका अध्यक्ष विनायक शाह बताए । मंगलबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा यस साटाले आगामि वर्षकाे संस्करण बारे पनि चर्चा गरेको थियो ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) र होटल एसोसिएसन नेपाल (हान)को सहकार्यमा कार्यक्रम हुन लागको हो । कार्यक्रमलाई पर्यटन व्यवसायका मुख्य खेलाडीहरुबिच अर्थपूर्ण सहकार्यको लागि अवसरको रुपमा लिइएको छ । साथमा यस कार्यक्रमले दक्षिण एसियामा रहेका यात्रा तथा पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायीहरुको साँझा उद्देश्यलाई उजागर गर्ने विश्वास लिएको छ ।
दोस्रो चरणको कार्यक्रम सेटेम्बर २० मा ठमेल स्थित अलफ्ट होटलमा हुने भएको छ । बहुप्रतिष्ठित यस कार्यक्रममा पर्यटन क्षेत्रमा हासिल गरेको उपलब्धिलाई मान्यता दिदैं यस क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गरिनेछ ।
साटाको अघिल्लो संस्करण माउण्ट लाभानिया, अड्ड सिटी, मुम्बई, गाले सिटी, माले, एटोल, र बेंगलुरुमा आयोजित गरिएको थियो । यस साटाले अनुलता र चुनौतीपूर्ण समयमा आफ्नो उत्कृष्ट कामलाई निरन्तर दिने प्रतिबद्धता गर्दै आएको छ । जसमा कोभिडका समयमा पनि साटाले एउटा संस्करण भर्चुअल रुपमा सञ्चालन गरेको थियो ।